RADIO AAHA FAMILY
RADIO AAHA 104.5 MHZ
रेडियो आहा १०४.५ मेगाहर्ज़: एक परिचय
RADIO AAHA 104.5 MHz: BRIEF INTRODUCTION
रेडियो आहा “बुम मिडिया कम्पनी” अन्तर्गत रहेको रेडियो प्रसारण संस्था हो । बुम मिडिया प्रा. लि. कम्पनी रजिष्ट्रार कार्यालय, नेपाल सरकार उद्योग मन्त्रालय (दर्ता नं -१२१३४६/०७०/०७१) अन्तर्गत रहेर कम्पनी ऐन, २०६३ को दफा ५ को उपदफा (१) बमोजिम २०७० साल चैत्र महिना २३ गते रोज १ मा दर्ता भएको कम्पनी हो । यस बुम मिडिया कम्पनी अन्तर्गत रहेर नै यसले प्रसारणको क्षेत्रमा आहा रेडियो प्रा. लि. नामक प्रसारण संस्था संचालन गर्दै आएको छ । हाल यसले आफ्नो प्रसारण टावर तथा अत्याधुनिक स्टुडियो सहित मुख्य कार्यालय डिल्लीबजार, काठमाडौँबाट रेडियो प्रसारण गर्दै आएको छ । राष्ट्रिय प्रसारण अन्तर्गत २०७६ साल असोज ०८ गते बाट नै नियमित प्रसारणको अनुमति पाएर यसले आफ्नो परीक्षण प्रसारण शुरु गरेको हो । तत्पश्चात “रेडियो आहा १०४.५ मेगाहर्ज प्रा. लि.” (RADIO AAHA 104.5 MHz) ले औपचारिक रुपले सूचना, संगीत तथा मनोरन्जनका विविध कार्यक्रमहरु तथा समाचार बुलेटिनहरु उत्कृष्ट प्रस्तोताहरु तथा समाचार वाचाकहरु सहित आफ्नो पूर्ण प्रसारण २०७८ साल ज्येष्ठ महिनाको ०१ गते देखि संचालन गर्दै आएको छ । बुम मिडियाद्वारा संचालित यस आहा एफ. एम. का लागि नेपाल सरकार सुचना तथा संचार प्रविधि मन्त्रालयबाट मिति २०७४/१२/६ मा प्राप्त गरेको इजाजतपत्र नं:- एफ.एम.-१०२५/०७४/७५ हो ।
यसको उद्देश्य- स्तरीय सूचना, संगीत र मनोरंजन आफ्ना श्रोतालाई प्रदान गर्नु नै यसको मूल उद्देश्य र लक्ष्य हो । साथै यसको प्रसारणलाई सामाजिक संजाल, टेरेसटिएल तथा इन्टरनेटको माध्यमद्वारा राष्ट्रिय अन्तर्राष्ट्रिय क्षेत्रमा समेत विस्तार गर्दै लगिनेछ । हाल रेडियो आहा १०४.५ मेगाहर्जबाट सम्पूर्ण काठमाण्डौ उपत्यका लगायत उपत्यका वरपरका विभिन्न जिल्लाहरुमा यसको सिधा प्रसारण सुन्न सकिन्छ । साथै www.radioaaha.com मार्फत online रेडियोका रुपमा विश्वभर सुन्न सकिन्छ । यसको official Facebook page:- f / RADIO AAHA मार्फत सिधै प्रतिक्रिया दिन र FACEBOOK LIVE सुन्न पनि सकिन्छ । त्यस्तै TikTok : @radio_aaha बाट पनि TikTok Live मार्फत विभिन्न कार्यक्रमहरु हेर्न र सुन्न सकिन्छ । रेडियो आहाको आफ्नै Official YouTube Channel : Radio Aaha 104.5 MHz हो । यस च्यानलमा नेपालका विविध क्षेत्रका लब्ध प्रतिष्ठित व्यक्तित्वहरुका अन्तर्वार्ताहरु राखिएका छन । रेडियो आहा बिहान ५ बजेदेखि राती ११ बजेसम्म दैनिक कुल १८ घण्टा प्रसारण हुने गर्दछ । यस प्रसारण अवधिमा रेडियो आहाले ३ पटक प्रमुख समाचार (Main News) सहित प्रत्येक घण्टा दैनिक १८ पटक समाचार बुलेटिन प्रसारण गर्दछ । यस रेडियोमा नेपालका अनुभवी विभिन्न ख्यातिप्राप्त कार्यक्रम संचालक / संचालिकाहरुले विभिन्न प्रभातकालीन कार्यक्रम, फिल्मी, लोक दोहोरी, शिक्षा, स्वास्थ्य, गृहिणी, साहित्य, आर्थिक, राजनीतिक, सामाजिक, धार्मीक, स्थानीय सरोकार, श्रोता सहभागिताका फोन-इन कार्यक्रमहरुदेखि लिएर अन्तर्वार्ताका चर्चित कार्यक्रमहरु तथा समसामयिक विविध कार्यक्रमहरु संचालन गर्दै आएका छन ।
Brief introduction of Radio Aaha
Radio Aaha is a government-registered Frequency Modulation (FM) radio station broadcasting on 104.5 MHz Established under the auspices of Boom Media Pvt. Ltd., a private media company, Radio Aaha was incorporated on April 6, 2014, in compliance with the subsection (1) of section 5 of the Company Act 2003.
Key Information:
• Government License No.: 1025-074/075
• Test Transmission: September 25, 2019
• Full-scale Operation: May 15, 2021
• Broadcasting Hours: 5 AM to 11 PM (18 hours daily)
• News Coverage: 3 hours of main news and hourly short news bulletins
Distinguishing Features:
• Pioneering trademark registration for its logo in Nepal's media sector
• Comprehensive news, information, entertainment, and interview programming
• Diverse lineup of popular program presenters hosting shows, phone-ins, and talk shows
Technical Specifications:
• Transmission Tower: 80 feet
• Studio: State-of-the-art facilities
• Location: Dillibazaar, Kathmandu (prime location)
Broadcast Range:
• Terrestrial: Kathmandu Valley and surrounding areas
• Online: Global reach via www.radioaaha.com f / Radio Aaha / YouTube : Radio Aaha 104.5 MHz / TikTok : @radio_aaha
• Radio Aaha has quickly established itself as a prominent infotainment media outlet in Nepal. With its strategic location, modern infrastructure, and diverse programming, the station aims to inform, entertain, and engage listeners both locally and internationally. The station's commitment to regular news updates and varied content positions it as a significant player in Nepal's evolving media landscape.
अध्यक्ष तथा प्रबन्ध निर्देशक: रेडियोकर्मीका रूपमा निरन्तर २७ वर्षदेखि कार्यरत हेम सुवेदी हाल बुम मिडिया तथा रेडियो आहा १०४.५ मेगाहर्ज़का अध्यक्ष तथा प्रबन्ध निर्देशक हुनुहुन्छ । वहांले त्रिभुवन विश्व विद्यालयबाट वाणिज्य शास्त्रमा स्नातकोत्तर उत्तीर्ण गर्नु भएको छ । वहाँले निरन्तर २० वर्ष सम्म रेडियो कान्तिपुरमा विभिन्न लोकप्रिय कार्यक्रमहरु संचालन तथा उत्पादन गरी कार्यक्रम प्रमुखका रुपमा काम गरेको विशिष्ट रेडियो अनुभव हासिल गरिसक्नु भएको छ । वहांले नेपाल टेलिभिजन तथा तराई टेलिभिजनमा समेत केही वर्ष लोकप्रिय टेलिभिजन कार्यक्रमहरु निर्माण तथा प्रस्तुत गरी सक्नुभएको छ । वहांले २०६० सालदेखि हालसम्म १०००० भन्दा बढी प्रशिक्षार्थीहरुलाई उदघोषण प्रशिक्षण दिई सक्नुभएको छ । हेम सुवेदीले बि.सं २०६४ सालदेखि बुम मिडिया नामक उदघोषण प्रशिक्षण संस्था स्थापना गरी प्रमुख उदघोषण प्रशिक्षकका रुपमा उदघोषण प्रशिक्षण दिई सक्नु भएको छ । वहांले नेपालका ३० भन्दा बढी जिल्लाहरुमा गई उदघोषण प्रशिक्षण दिनुका साथै दर्जनौं एफ. एम. रेडियोका कार्यक्रम शाखा स्थापित गर्नुभएको छ । वहांद्वारा प्रशिक्षित थुप्रै प्रशिक्षार्थीहरु नेपालका विभिन्न मिडियामा चर्चित र स्थापित प्रस्तोता भै सकेका छन । साथै वहाँ गायक, गीतकार, मोडल, अभिनेता, कुशल विज्ञापन निर्माता तथा सर्वश्रेष्ठ स्टेज उदघोषक (Emcee) पनि हुनुहुन्छ । । कुशल गायक र गीतकारको रुपमा पनि वहांले आफ्नो परिचय बनाउनु भएको छ । वहांद्वारा रचित लोकप्रिय गीतहरुमा सन्तोष लामा, शुक्र लामा, प्रबलदीप विश्वास, मोहन राई, सत्यकला राई, चिरीमाया महर्जन जस्ता थुप्रै चर्चित गायक गायिकाहरुको स्वर रहेको छ । वहांद्वारा स्वरबद्द गीतहरुको एकल एल्बम “बोली” बेस्ट टोन म्युजिकले बजारमा ल्याएको छ । वहाँ एक कुशल मोडल पनि हुनुहुन्छ । विभिन्न म्युजिक भिडियोमा वहांले अभिनय समेत गर्नु भएको छ । चर्चित गायक हिमाल सागरको गीत “न मैले लेखें” को श्रव्य-दृश्यमा वहाँ मुख्य मोडलका रुपमा देखिनु भएको छ । (Ref: YouTube) वहांले नेपालका थुप्रै लब्ध प्रतिष्ठित व्यक्तित्वहरुसंग श्रंखलाबद्द अन्तर्वार्ता लिनुभएको छ । (Ref: YouTube : Radio Aaha 104.5 MHz) यी विधाहरुमा वहांले नेपाल सरकार तथा प्रतिष्ठित संघ संस्थाहरुबाट २०० भन्दा बढी राष्ट्रिय अन्तर्राष्ट्रिय पुरस्कार, सम्मान, पदक तथा अवार्डहरु प्राप्त गर्नुभएको छ । वहाँ गीतकार संघ नेपालको आजीवन सदस्य तथा नेपाल सरकारको प्रतिष्ठित स्वतन्त्र पत्रकार (Freelance Journalist) पनि हुनुहुन्छ । यसरी वहाँले आफूलाई लाखौँ श्रोताको मन मष्तिष्कमा बस्न सफल नेपालका कुशल, अनुभवी र सफल रेडियो व्यक्तित्वको रुपमा स्थापित गरिसक्नु भएको छ । त्यस्तै निर्देशक श्रीमती आकृति सुवेदी घिमिरे हुनुहुन्छ । निम्न ठेगाना अन्तर्गत बुम मिडिया द्वारा संचालित रेडियो आहालाइ सुझाव, सल्लाह तथा प्रतिक्रिया दिन सकिन्छ ।
About the Managing Director and Chairperson of Radio Aaha: Radio Aaha is managed and directed by Mr. Hem Chandra Subedi-popular Radio host of Nepal popularly and widely known as Hem Subedi by his die-hard fans.
Hem Subedi: Brief Introduction Hem Chandra Subedi, widely recognized as Hem Subedi, is a distinguished figure in Nepal's media landscape with over 27 years of experience in radio broadcasting. Since 1998. Mr. Subedi has established himself as a prominent radio host, program producer, and media professional.
Professional Experience:
• Senior Radio Host, Program Producer, Presenter, Ad maker, Emcee (1998-present)
• Program Presenter at Radio Kantipur (1998-2018)
• Program Manager at Radio Kantipur (2005-2016)
• Freelance Journalist for the Government of Nepal
• VJ and Program Host for Nepal's National Television
• Life Member of Lyricists Association of Nepal
Current Positions:
• Senior Program Producer at Radio Aaha 104.5 MHz
• Chairperson and Managing Director of Radio Aaha 104.5 MHz
• Managing Director of Boom Media Pvt. Ltd.
Education:
• Master of Business Administration, Tribhuwan University, Nepal
Key Achievements:
• Conducted radio announcement training in over 30 districts of Nepal
• Established radio production and management systems for numerous FM stations
• Produced and hosted popular radio and TV talk shows, live broadcasts, and commercial advertisements
• Recognized with numerous prestigious awards from various organizations and the government
Additional Skills:
• Public Speaking Trainer
• Professional Emcee
• Singer & Lyricist (Written many popular songs & Published solo musical album “Boli” in his vocal)
• Model and Actor of some popular music video and films
• Jingle and Commercial Advertisement Producer
Mr. Subedi's multifaceted career spans radio, television, and print media. His expertise in program production, media management, and talent development has significantly contributed to the growth of Nepal's broadcasting industry. As the head of Boom Media Pvt. Ltd., he oversees the largest announcement training center in Nepal, further solidifying his role in shaping the next generation of media professionals.
• You can contact us at any time and feel free to provide your feedbacks and your precious suggestions: - Our Postal Address: - GPO Box No :10150, Kathmandu, Nepal. our official website:- www.radioaaha.com our official email:- aaharadio4@gmail.com Facebook:- f/RADIO AAHA / official YouTube channel : Radio Aaha 104.5 MHz TikTok : @radio_aaha Contact Telephone Numbers: - Office: +977-1-4536516 /4529480 Studio Number: 5900936 / 5900937 / Mobile Number: 9851022210 / 9841666875.
Our Creative Skills: -
All types of quality Audio / Visual / Scripts & Commercial Advertisement Promos / Jingles & Program making, Production and Presentations.
Program emcee / Program seminars hosting (including musical) and organizing the events at any places.
Radio Training (program presentation & production), public speaking, personality development and anchoring training for RJ/ VJ/ MC Journalist/ News Readers and Reporters / Radio Technicians.

प्रतिकृया दिनुहोस