संसदीय दलका नेता किरण थापाको मुख्यमन्त्रीमा दाबी गर्ने तयारी
काठमान्डौ, १९ श्रावण । ने.क.पा. एमालेभित्र बागमती प्रदेशमा पुनः संसदीय दलको नेता फेरेर किरण थापालाई मुख्यमन्त्री बनाउने गृहकार्य थालिएको छ ।
पार्टीका अध्यक्ष केपी ओली र महासचिव शंकर पोखरेलसहित बसेर संसदीय दलका नेता नफेर्ने निर्णयमा पुगेका थिए । जगन्नाथ थपलियालाई नै मुख्यमन्त्री बनाउने नेतृत्वबीचको सहमतिअनुसार हिजोसम्म सरकार गठनको प्रक्रिया थाल्न भनिएको थियो । किरण थापालाई दलको नेता बनाउने गरी यसअघि नै १९ जना सांसदले हस्ताक्षर गरिसकेका छन् । त्यही हस्ताक्षरलाई कायम राख्दै भोलि प्रदेश प्रमुखकामा सरकार गठनका लागि दाबी गर्ने तयारी भइरहेको एक जना सांसदले बताउनु भयो । यस्तै किरण थापाले रा.प्र.पा.का केही सांसदलाई समेत गुण्डु लिएर गएको र बहुमत पु¥याइदिने बाचा गराएपछि कुरा भाँडिएको जे.एन. पक्षको बुझाइ रहेको छ ।
एमाले र ने.क.पा.बीच भएको भागबण्डा अनुसार यहाँ एमालेले मुख्यमन्त्री पाएको छ । तर, दुई दलका सांसद संख्याले मात्र बहुमत पुग्दैन । १०४ सदस्यीय प्रदेश सभामा नेपाली कांग्रेस, ने.क.पा. एमाले, ने.क.पा.लगायतका ६ दल रहेका छन् । बहुमतका लागि ५३ सांसद चाहिन्छ । ३६ सीट सहित कांग्रेस पहिलो दल रहेको छ । ने.क.पा.को २६ र एमाले २५ सांसदसहित तेस्रो स्थानमा रहेको छ । रा.प्र.पा.सँग १२ सीट, ने.म.कि.पा.सँग ३ र हाम्रो नेपाली पार्टीसँग २ सीट रहेको छ ।

प्रतिकृया दिनुहोस