विश्व आर्थिक स्वतन्त्रता प्रतिवेदनमा नेपाल एक स्थान झर्यो
काठमान्डौ, २१ असोज । ‘विश्व आर्थिक स्वतन्त्रता प्रतिवेदन’ को नयाँ संस्करणमा नेपालको आर्थिक स्वतन्त्रताको स्थिति एक स्थानले तल झरेको छ ।
क्यानाडाको फ्रेजर इन्स्टिच्युटले सार्वजनिक गरेको प्रतिवेदन अनुसार नेपालले कानूनको पालना, सम्पत्तिमाथिको अधिकार र कानूनी शासन सम्बन्धी सूचकहरूमा अपेक्षित सुधार गर्न नसक्दा खस्किएर ९०औँ स्थानमा झरेको हो । प्रतिवेदनमा विश्वभरिका १६५ देशलाई समेटिएको छ । विशेषगरी श्रम तथा बजार नियमन र अन्तर्राष्ट्रिय व्यापारका केही क्षेत्रमा देखिएका नीतिगत समस्याले नेपालको समग्र अङ्क र वरीयतामा नकारात्मक असर पारेको प्रतिवेदनमा भनिएको छ । समृद्धि फाउन्डेशनले यस वर्षसहित लगातार १९औँ पटक नेपालमा यो वार्षिक प्रतिवेदन सार्वजनिक गरेको छ ।
प्रतिवेदन अनुसार आर्थिक स्वतन्त्रताका दृष्टिबाट हङकङ, स्विट्जरल्यान्ड र सिङ्गापुर विश्वका उत्कृष्ट शीर्ष तीन देश बन्न सफल भएका छन् । नीतिगत अस्थिरता, द्वन्द्व र कमजोर शासन प्रणालीका कारण सुडान, जिम्बावे र भेनेजुएला विश्वकै सबैभन्दा कमजोर अर्थात् पुछारका तीन स्थानमा रहेका छन् ।

प्रतिकृया दिनुहोस