.

राष्ट्रिय खाद्य बैंकको डिजिटल पोर्टल  RKB E- Commerce को शुभारम्भ

काठमान्डौ, २७ असोज ।    नेपालको पहिलो र एक मात्र खाद्य बैंकका रुपमा परिचित राष्ट्रिय खाद्य बैंकले डिजिटल पोर्टल   RKB E- Commerce को शुभारम्भ गरेको छ ।

 

काँडाघारीस्थित शुभश्री पार्टी प्यालेसमा आयोजित एक कार्यक्रममा विजयादशमी, दीपावली, छठ तथा नेपाल संवतको शुभकामना आदान प्रदान गर्दै उक्त कार्यक्रममको शुरुवात गरिएको हो । अब राष्ट्रिय खाद्य बैंकले किसानका अर्गानिक उत्पादनलाई अनलाइन मार्फत विक्री गर्ने मात्र नभई सम्पूर्ण कृयाकलापलाई डिजिटल एप मार्फत पारदर्शी र विश्वसनिय बनाउने छ । कार्यक्रमको शहजीकरण राष्ट्रिय खाद्य बैंकका संस्थापक अध्यक्ष तथा प्रबन्ध निर्देशक शंकरनाथ उप्रेतीले गर्नु भएको थियो ।

 

कार्यक्रममा बैंकका अध्यक्ष हरिकृष्ण दाहाल, लोकराज शर्मा, रेडियो आहाका अध्यक्ष तथा वरिष्ठ सन्चारकर्मी हेम सुवेदी लगायतले मन्तव्य तथा शुमकामना व्यक्त  गर्नुभयो । कार्यक्रममा लोकप्रिय गायक शिशिर योगीले आफ्नो स्वरमा गीत प्रस्तुत गर्नुभएको थियो ।

प्रतिकृया दिनुहोस
↑