भूमि प्रशासन सम्बन्धी सेवा अबको एक महिनाभित्र सबै पालिकाबाट सञ्चालन गर्ने व्यवस्था मिलाउनेः प्र.म. शाह
काठमान्डौ, १६ कार्तिक । प्रधानमन्त्री बालेन्द्र शाहले भूमि प्रशासनसम्बन्धी सेवा अबको एक महिनाभित्र सबै पालिकाबाटै सञ्चालन गर्ने व्यवस्था मिलाउने निर्णय गरिएको बताउनुभएको छ ।
प्रधानमन्त्री शाहले सङ्घीयताको मर्मअनुसार जग्गा प्रशासनसम्बन्धी सेवा नागरिकको घरदैलोसम्म पु¥याउन सरकारले पहल गरेको बताउनुभयो । उहाँका अनुसार अहिलेसम्म देशका ३३ वटा पालिकाबाट भूमि प्रशासन सम्बन्धी सेवा सञ्चालन भइरहेको छ । बाँकी सबै पालिकाबाट समेत एक महिनाभित्र अनिवार्य रूपमा सेवा सञ्चालन गर्ने सरकारको लक्ष्य रहेको छ । सरकारले शासकीय सुधारसम्बन्धी १०० कार्यसूची अन्तर्गत भूमि प्रशासनका सेवा पालिकाबाटै प्रवाह गर्ने कार्यक्रमलाई अघि बढाएको प्रधानमन्त्रीले उल्लेख गर्नुभएको छ ।
प्रधानमन्त्री शाहले यसबाट पालिकाले भूमि प्रशासनसम्बन्धी आफ्नो संवैधानिक तथा कानूनी अधिकारको पूर्ण प्रयोग गर्न पाउने र नागरिकले जग्गासम्बन्धी सेवा लिन टाढाका कार्यालय धाउनुपर्ने बाध्यता कम हुने विश्वास व्यक्त गर्नुभएको छ ।

प्रतिकृया दिनुहोस