.

भाइटीकाको साइत कात्तिक २५ गते विहान ११ बजेर ७ मिनेटमा 

काठमान्डौ, १७ कार्तिक ।     यस वर्षको भाइटीकाको साइत कात्तिक २५ गते विहान ११ बजेर ७ मिनेटमा रहेको छ । 

 

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले भाइटीकाको उत्तम साइत विहान ११ बजेर ७ मिनेटमा उत्तम रहेको जनाएको हो । 


यसैबिच, समितिका अध्यक्ष सहप्राध्यापक डा. पुरुषोत्तम भट्टराईले  दाजुभाइ पश्चिम फर्किएर र दिदीबहिनी पूर्व फर्किएर टीका लगाउनुपर्ने जानकारी दिनुभयो ।
 

प्रतिकृया दिनुहोस
↑