.

अफगानिस्तान सन् २०२७ को एकदिवसीय विश्वकपमा छनोट

काठमान्डौ, २६ श्रावण ।    अफगानिस्तान सन् २०२७ को एकदिवसीय विश्वकपमा छनोट भएको छ । 

 

तेस्रो एकदिवसीय क्रिकेटमा घरेलु टोली आयरल्यान्डलाई ३ विकेटले हराउँदै अफगानिस्तान विश्वकपमा छनोट भएको हो । आयरल्यान्डले दिएको २०७ रनको लक्ष्य अफगानिस्तानले ४४ ओभर ५ बलमा ७ विकेट गुमाएर भेटाएको थियो । अफगानिस्तानका रह मनुल्लाह गुरबाजले ७१, कप्तान राशिद खानले नटआउट ३७ रन बनाएका थिए । त्यसअघि टस हारेर ब्याटिङ गरेको आयरल्यान्डले ४६ ओभर ३ बलमा २०६ रन बनाउँदा सबै विकेट गुमायो । आयरल्यान्डका गभिन होएले सबैभन्दा धेरै ३६ रन बनाएका थिए । 

 

योसँगै ५ खेलको एकदिवसीय शृङ्खलामा अफगानिस्तानले २–० को अग्रता लिएको छ । पहिलो खेल वर्षाका कारण रद्द भएको थियो भने दोस्रो खेल अफगानिस्तानले ९२ रनले जितेको थियो । यसैबीच २ पटकको विजेता वेस्ट इन्डिजले पनि विश्वकप छनोट खेल खेल्नुपर्ने भएको छ । 

प्रतिकृया दिनुहोस