नेपाल भलिबल लिग अगामी भाद्र १९ गते देखि २७ गते सम्म संचालन हुने
काठमान्डौ, ३० श्रावण । नेपाल भलिबल लिग एन.भी.एल.आगामी भदौ १९ देखि २७ गतेसम्म आयोजना हुने भएको छ ।
आयोजक केडिया ग्रुपले प्रतियोगिताको आधिकारिक मिति घोषणा गर्दै पुरुष फ्रेन्चाइज भलिबल लिग भदौ १९ गतेदेखि सञ्चालन हुने जनाएको हो । यसअघि प्रतियोगिता भदौ १२ गतेदेखि सुरु हुने जनाइएको थियो । तर आयोजकले आधिकारिक रूपमा मिति घोषणा गरेको थिएन । अब भने प्रतियोगिता भदौ १९ देखि २७ गतेसम्म सञ्चालन हुने निश्चित भएको छ ।
लिगमा ६ फ्रेन्चाइज टोलीको सहभागिता रहनेछ । प्रतियोगिताका लागि खेलाडी अक्सन समेत सम्पन्न भइसकेको छ । नेपाल भलिबल लिग केडिया ग्रुपको आयोजनामा हुन लागेको पुरुष फ्रेन्चाइज भलिबल प्रतियोगिता हो ।

प्रतिकृया दिनुहोस