आई.सी.सी. क्रिकेट विश्वकप लिग २ तालिकाको समीकरण रोचक बन्दै
काठमान्डौ, १ भाद्र । आई.सी.सी. क्रिकेट विश्वकप लिग–२ अन्तर्गत हालै सम्पन्न शृङ्खलाका नतिजाहरूसँगै तालिकाको समीकरण रोचक र चुनौतीपूर्ण बनेको छ ।
हालै मात्र स्कटल्यान्ड, क्यानडा र यूएईको शृङ्खला सकिएको छ । स्कटल्यान्डमा भएको उक्त शृङ्खलामा स्कटल्यान्डले ३ जित निकाल्दा यूएईले १ जित निकाल्यो । स्कटल्यान्ड र यूएई तथा क्यानडा र यूएईबीचको खेल वर्षाले नतिजाविहीन हुँदा क्यानडासँगको दुवै खेल स्कटल्यान्डले जित्यो । यूएईले क्यानडालाई अर्को खेलमा हराउँदा स्कटल्यान्डसँग भने १ विकेटले पराजित हुन पुग्यो । क्यानडाले यस शृङ्खलामा कुनै खेल जित्न सकेन ।
एक अंक नतिजाविहीन खेलबाट जोडेको क्यानडा लिग २ अंकतालिकामा नेपालभन्दा एक स्थान माथि उक्लिँदा नेपाल सातौंमा झरेको थियो । ३२ खेलबाट २४ अंक जोडेर सातौं स्थानमा रहेको नेपालका लागि शीर्ष चारभित्र पर्दै सोझै विश्वकप पुग्न चुनौती रहेको छ ।

प्रतिकृया दिनुहोस