.

महानवमीको दिन मात्र खुल्ने तलेजु भवानीको मन्दिर भक्तजनका लागि खुला

काठमान्डौ, ३ कार्तिक ।   विश्व सम्पदा सूचीमा सूचिकृत काठमान्डौको हनुमानढोका दरबार क्षेत्रभित्र रहेको तलेजु भवानीको मन्दिर भक्तजनका लागि खुला गरिएको छ । 

 

यो मन्दिर हरेक वर्ष महानवमीको दिन मात्र सर्वसाधारण भक्तजनका लागि खुला गरिने परम्परा रही आएको छ । हनुमानढोका दरबार हेरचाह अड्डाका कार्यालय प्रमुख जयन्ती श्रेष्ठ प्रधानका अनुसार बिहान ५ बजेदेखि खुला गरिएको तलेजु मन्दिरमा आजै बेलुका ६ बजेसम्म खुला रहेको थियो । आजको दिन तलेजु भवानी मन्दिरमा हजारौँ भक्तजनको भीड लाग्ने गदर्छ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले दिएको साइतअनुसार तुलजा भवानीलाई गएको असोज ३१ गते शनिबार बिहान ७ बजेर ३७ मिनेटमा हनुमानढोका दरबार क्षेत्रको मूलचोकमा यात्रा गराइएको थियो । तुलजा भवानीलाई त्यसै दिन बिहान १० बजेर ३९ मिनेटको साइतमा स्थिरासनमा राखिएको थियो । 

 

यसैबिच, भोलि बुधबार विजयादशमीको दिन साइतअनुसार बिहान १० बजेर ५१ मिनेटमा यात्रा गराइनेछ । अनि बिहान ११ बजेर ५२ मिनेटमा तलेजु भवानीलाई मूल मन्दिरमा स्थिरासन गराइने बुझिएको छ ।  

प्रतिकृया दिनुहोस
↑