समसामयिक गायक समाजको देउसी भैलो सम्पन्न
काठमान्डौ, २० कार्तिक । समसामयिक गायक समाजले तिहार पर्वको पावन अवसरमा देउसी भैलो गायन तथा दीप प्रज्जवलन कार्यक्रम गरेको छ ।
कार्यक्रममा लोकप्रिय गायक तथा संगीतकार कपिल लोहनी, गायिका ऋतु कँडेल, संगीतकार मनोहर सुनाम लगायतका कलाकारहरुले देउसी भैलो कार्यक्रम प्रस्तुत गरेका थिए । वरिष्ठ गायिका मिरा राणा, वरिष्ठ गायक उमेश पाण्डे, गायक सुनिल चित्रकार, रेडियो आहाका अध्यक्ष, प्रबन्ध निर्देशक तथा वरिष्ठ रेडियोकर्मी हेम सुवेदी, रेडियो आहाकी निर्देशक आकृति सुवेदी घिमिरे लगायत विभिन्न संगीतकर्मी तथा संन्चारकर्मीको उपस्थिती रहेको उक्त कार्यक्रममा कक्षालय स्कुल, घट्टेकुलोका बालबालिकाहरुले नृत्य प्रस्तुत गरेका थिए । आगन्तुकहरुबाट शुभेच्छा स्वरुप संकलित रकमबाट भविष्यमा यस्तै विशेष सांगीतिक कार्यक्रमहरुको आयोजना गरिने जानकारी संयोजक कपिल लोहनीले गराउनु भयो ।
पूर्व बैंकर समेत रहनु भएका वरिष्ठ गायक लोहनीले आफ्नै नीजि निवास घट्टेकुलोमा कक्षालय स्कुल तथा समसामयिक गायक समाज सन्चालन गरेर नेपाली गीत संगीतको प्रवद्धनका लागि विभिन्न सांगीतिक कार्यक्रमहरु सन्चालन गर्दै आउनु भएको छ ।

प्रतिकृया दिनुहोस