.

राष्ट्रिय चलचित्र पुरस्कार २०८२ बाट ‘ऊनको स्वीटर’ उत्कृष्ट चलचित्र घोषित

काठमान्डौ, ५ असार ।    राष्ट्रिय चलचित्र पुरस्कार २०८२ मा ८ वटा विधामा पुरस्कार प्रदान गरिएको छ । 

 

आज राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित राष्ट्रिय चलचित्र पुरस्कार तथा दीर्घ साधना सम्मान समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले पुरस्कार प्रदान गर्नुभएको हो । ‘ऊनको स्वीटर’ ले उत्कृष्ट चलचित्रको उपाधि जित्न सफल भएको छ । नवीन चौहान निर्देशित ‘ऊनको स्वीटर’ ले ३ वटा विधामा पुरस्कार जितेको छ । उत्कृष्ट निर्देशकको पुरस्कार पनि निर्देशक चौहानले प्राप्त गर्नुभएको छ । यो फिल्मबाट मिरुना मगर उत्कृष्ट अभिनेत्री घोषित हुनुभयो । उत्कृष्ट अभिनेताको पुरस्कार ‘परान’ फिल्मबाट वरिष्ठ अभिनेता नीर शाहले प्राप्त गर्नुभएको छ । उत्कृष्ट पट कथा तर्फको पुरस्कार ‘परान’ ले जितेको छ । पटकथाका लागि याम थापा र दीपक आचार्य पुरस्कृत हुनुभयो । उत्कृष्ठ छायाङ्कनको पुरस्कार ‘कोशेढुङ्गा’ ले पाउँदा उत्कृष्ट पुरस्कार पनि त्यही फिल्मबाट नहकुल खड्काले प्राप्त गर्नुभयो । 

 

यसैगरी, समारोहमा वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठलाई चलचित्र दीर्घ साधना सम्मानले पुरस्कृत गरिएको छ । उहाँलाई ३ लाख ७५ हजार रुपैयाँ नगदसहित सम्मान गरिएको हो । 

प्रतिकृया दिनुहोस