.

 संगीतकार तथा गायक सन्तोष श्रेष्ठद्धारा संगीत र स्वरवद्ध नाट्य सम्राट बालकृष्ण समको गजलको श्रव्यदृष्य लोकार्पण

काठमान्डौ, २७ असार ।  नाट्यसम्राट बालकृष्ण समद्धारा रचित तथा सुप्रसिद्ध संगीतकार तथा गायक सन्तोष श्रेष्ठद्धारा संगीत एवं स्वरवद्ध जान लाग्यो...... ( गजल मेरो कविताको आराधन उपासना १ ) को श्रव्यदृष्य आज एक समारोहका बिच लोकार्पण गरिएको छ । 

 

अनाममण्डलीद्धारा आयोजित उक्त कार्यक्रमको प्रमुख आतिथ्य प्रा. डा. कृण्णहरि बरालले गर्नु भएको थियो । कार्यक्रमको सहकार्य गोल्डेन क्रिएशन, अन्तर्राष्ट्रिय नेपाली गजल मन्चले गरेको थियो । कार्यक्रममा वक्ताहरु महाकवि लक्ष्मी प्रसाद देवकोटाका सुपुत्र प्रा.डा.पद्धम प्रसाद देवकोटा , वरिष्ठ चलचित्रकर्मी मोहन निरौला, गजलकार घनेन्द्र ओझा लगायतले संगीतकार तथा गायक सन्तोष श्रेष्ठले नेपाली साहित्यिक फाँटका त्रिनेत्र महाकवि लक्ष्मी प्रसाद देवकोटा, कविशिरोमणि लेखनाथ पौड्याल र नाट्य सम्राट बालकृष्ण समको विरलै लेखिएको गजलमा स्वर तथा संगीत दिएर ऐतिहासिक कार्य गरेकोमा प्रशंसा गर्नुभयो । 

 

महाकवि लक्ष्मी प्रसाद देवकोटा संग्राहलय, मैतीदेवीमा सम्पन्न उक्त कार्यक्रममा लोकार्पण गरिएको श्रव्यदृष्य सन्तोष श्रेष्ठ गोल्डन क्रिएशन युट्युव च्यानलमा श्रोता तथा दर्शकले हेर्न, सुन्न र प्रतिकृया दिन सक्नु हुनेछ । कार्यक्रममा स्रष्टा सन्तोष श्रेष्ठले विगतका गजलहरु रेडियो आहाले प्रवद्र्धन गरेकोमा रेडियो आहाका अध्यक्ष तथा वरिष्ठ रेडियोकर्मी हेम सुवेदीलाई आभार प्रकट गर्नु भएको थियो ।
 

प्रतिकृया दिनुहोस