पश्चिम एसियामा भइरहेका युद्ध रोक्न संयुक्त राष्ट्रसंघको आग्रह
काठमान्डौ, १७ श्रावण । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरसले पश्चिम एसिया का सबै मोर्चाहरूलाई जारी युद्ध तत्काल रोक्न आग्रह गर्नु भएको छ ।
खाडी क्षेत्रमा सैनिक तनाव बढेको ६ महिना पुग्नै लाग्दा, क्षेत्रीय युद्वका रूपमा शुरु भएको यो संकटले अहिले विश्वव्यापी अस्थिरता निम्त्याइरहेको चेतावनी दिनु भयो । महासचिव गुटेरेसले हर्मोज जलसन्धिबाट हुने व्यापार धराशायी भएको र ऊर्जा बजारमा व्यापक फेरबदल आएको बताउनु भयो । युद्वकै कारण खाद्य सामग्री र प्रमुख रासायनिक मलको मूल्यमा भारी वृद्धि भएको तथा आपूर्ति शृङ्खला अवरुद्ध बनेको उहाँको भनाइ थियो । महासचिव गुटेरेसले विश्व खाद्य कार्यक्रमको प्रतिवेदन उद्धृत गर्दै यो संकटका कारण करिव ४ करोड ५० लाख मानिसले गम्भीर खाद्य असुरक्षाको सामना गर्नुपर्ने बताउनु भयो ।
साथै बढ्दो महँगी र सुस्त आर्थिक वृद्धिका कारण थप लाखौँ मानिस गरिबीको रेखामुनि धकेलिन सक्ने जोखिम रहेको उहाँले बताउनु भयो ।

प्रतिकृया दिनुहोस