.

मदन पुरस्कार प्राप्त कृति ‘सेतो धरती’ मा आधारित नाटकको कान्तिपुर थिएटरमा विशेष मन्चन

काठमान्डौ, ३१ असार ।   अमर न्यौपानेको उपन्यास मदन पुरस्कार प्राप्त कृति ‘सेतो धरती’ मा आधारित नाटक कान्तिपुर थिएटरमा दर्शकहरुको अत्यधिक रुचि र मागका साथ विशेष मन्चन भइरहेको छ । 

 

नाटकलाई दर्शकले धेरै रुचाइ दिंदा हरेक शो हाउसफुल चलिरहेको छ । अभिनेत्री रेखा थापाको निर्माण तथा सुन्दर धितालको निर्देशनमा प्रदर्शित यो नाटकले पुरानो समयको कथा नयाँ समयमा  नयाँ पुस्ताबाट प्रस्तुत भएकाले अहिलेका नयाँ पुस्ताले धेरै कुरा जान्न र बुझ्न सक्ने कुरा लेखक न्यौपानेले बताउनु भयो । एउटी नारीले भोग्ने सामाजिक पिडालाई भावनात्मक ढंगले प्रस्तुत गरिएको यो नाटक कान्तिपुर थिएटर गैह्रीधारा, काठमान्डौमा हरेक दिन बेलुका ४ः १५ बजे (बुधबार बाहेक) अतिरिक्त  सो विहान १० बजे र दिउँसो १ बजे प्रस्तुत गरिदैछ । 

 

नाटक हेर्न चाहने दर्शकले मोबाइल नम्बर ९८०२३५६११३ मा वा ०१५२४५०१२ मा सम्पर्क गरेर टिकट खरिद गर्न सक्नुहुने छ । युवाहरुको मागलाई ध्यानमा राखि कान्तिपुर  थिएटरमा लेखक सुविन भट्टराईको बहुचर्चित कृति ‘समर लभ’ को पनि मन्चन गरिने भएको छ । 


 

प्रतिकृया दिनुहोस