इरानमाथि अमेरिकी सेनाद्धारा पुनः हवाई आक्रमण
काठमान्डौ, १५ श्रावण । मध्यपूर्वमा क्षेत्रीय तनाव बढ्दै जाँदा अमेरिकी सेनाले इरानमाथि नयाँ हवाई आक्रमण गरेको छ ।
तेहरानले अघिल्लो दिन गरेको मिसाइल आक्रमणको जवाफमा अमेरिकाले यो सैन्य कारबाही गरेको हो । अमेरिकी सेन्ट्रल कमान्डका अनुसार गए राति इरानका विभिन्न सैन्य लक्ष्यहरूमाथि ‘ठूलो स्तरको आक्रमण’ गरिएको थियो । यो कारबाही इरानले गरेको मिसाइल प्रहारको प्रयासको प्रतिक्रियास्वरुप गरिएको सेन्ट्रल कमान्डले सामाजिक सञ्जालमार्फत स्पष्ट पारेको छ । यस कारबाहीका क्रममा अमेरिकी सेनाले इरानको इस्लामिक रिभोलुसनरी गार्ड कप्र्स सँग सम्बन्धित दर्जनौँ स्थानहरूलाई निशाना बनाएको छ ।
आक्रमणमा मुख्यतया सैन्य कमान्ड सेन्टर, मिसाइल तथा ड्रोन भण्डारण केन्द्र, तटीय निगरानी तथा रक्षा साइटहरू र सामुद्रिक सैन्य क्षमता भएका क्षेत्रहरूलाई लक्षित गरिएको सेन्ट्रल कमान्डले जनाएको छ । हाल मध्यपूर्वको क्षेत्रमा ५० हजारभन्दा बढी अमेरिकी सैनिकहरू परिचालन गरिएका छन् ।

प्रतिकृया दिनुहोस