जापानमा शक्तिशाली भूकम्पको झड्का, भूकम्पमा ज्यान गुमाउनेको सङ्ख्या ३६ पुग्यो
काठमान्डौ, १६ श्रावण । जापानको कुमामोतो प्रिफेक्चरमा गएको शक्तिशाली भूकम्पमा परी ज्यान गुमाउनेको सङ्ख्या ३६ पुगेको छ ।
अन्य नौ हजार २०० भन्दा बढी बासिन्दा अझै पनि सुरक्षित आश्रयस्थलमा बसिरहेका छन् । विपद् व्यवस्थापन मुख्यालयको आज शनिबार बसेको बैठकमा अधिकारीले मृतकको सङ्ख्या ३६ रहेको र छ जनाको अवस्था गम्भीर रहेको जानकारी दिएका छन् । प्रिफेक्चरका अनुसार मृतकमध्ये नौ जनाले निप्पोन पेपर इन्डस्ट्रिज कम्पनीको कारखानामा रहेको धुवाँ निस्कने चिम्नी खस्दा तथा सात जना काशिमा टाउनको आयन सपिङ मलमा भएको विस्फोटमा परी ज्यान गुमाएका हुन् । तथापि, करिब २३० जना प्रहरी अधिकारीको टोलीले प्रभावित क्षेत्रमा छुटेका वा फसेका व्यक्तिको खोजी जारी राखेको छ ।
भूकम्पका कारण आवासीय संरचनामा ठूलो क्षति पुगेको छ । अधिकारीका अनुसार १८२ घर पूर्ण रूपमा ध्वस्त भएका छन् भने २० घरमा गम्भीर, २२५ घरमा आंशिक र एक हजार ३४ घरमा सामान्य क्षति पुगेको छ।

प्रतिकृया दिनुहोस