बसले ठक्कर दिएपछि सिन्धुलीमा एउटा कार सुनकोशी नदीमा खसेर बेपत्ता
काठमान्डौ, १८ श्रावण । सिन्धुलीको फिक्कल गाउँपालिका २ नवलपुरमा रहेको मध्यपहाडी राजमार्गबाट एउटा कार सुनकोशी नदीमा खसेको छ ।
कारमा चालक सहित तीन जना रहेको जानकारी प्राप्त भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ । प्रहरीका अनुसार काठमान्डौबाट ओलखढुङ्गातर्फ गुडिरहेको बसले ठक्कर दिएपछि कार नदीमा खसेको हो । कारको नम्बर र कारमा रहेकाहरूको पहिचान खुलेको छैन ।
यसैबिच, दुर्घटना लगत्तै प्रहरी, जनप्रतिनिधि र स्थानीय बासिन्दा घटनास्थलमा खटिए पनि बाढीका कारण उद्धार प्रभावित भएको प्रहरीले जनाएको छ ।

प्रतिकृया दिनुहोस