.

सुनसरीको कप्तानगञ्ज घटनाका अर्का घाइतेको पनि ज्यान गयो

काठमान्डौ, १९ श्रावण ।     सुनसरीको कप्तानगञ्जमा गएको साउन १० गते आइतवार राति भएको घटनामा घाइते अर्का एक युवाको पनि ज्यान गएको छ । 

 

जिल्ला प्रहरी परिसर काठमान्डौका अनुसार देवानगञ्ज गाउँपालिका ३ का घाइते २२ वर्षीय रवीन्द्र मेहताको त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा उपचारका क्रममा आज ज्यान गएको हो । योसँगै कप्तानगञ्ज घटनामा ज्यान गुमाउनेको सङ्ख्या ३ पुगेको छ भने सिरहामा ज्यान गुमाएका १ जनासहित ४ भएको छ । सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा युवाहरूको समूहबीच झडप हुँदा प्रहरीले चलाएको गोली लागेर १० जना गम्भीर घाइते भएका थिए । घाइतेमध्ये यसअघि देवानगञ्ज–४ का २५ वर्षीय ओमप्रकाश मेहता र देवानगञ्ज–३ का २२ वर्षीय जयप्रकाश मेहताको ज्यान गएको थियो । 

 

अरू घाइतेको विभिन्न अस्पतालमा उपचार भइरहेको छ । यही घटनाको विरोधमा सिरहाको गोलबजारमा प्रहरीको गोली लागेर गणेश यादवको पनि ज्यान गएको थियो ।

प्रतिकृया दिनुहोस