.

विद्युतीय कार निर्माता मस्कले सार्वजनिक गर्नुभयो ‘उड्ने’ कार 

काठमान्डौ, ३० असोज ।    विद्युतीय कार निर्माता टेस्लाका प्रमुख कार्यकारी अधिकृत एलन मस्कले हावामा उड्न सक्ने प्रविधि जडित नयाँ रोडस्टर कार सार्वजनिक गर्नु भएको छ । 

 

उहाँले टेक्सासमा रहेको  स्पेस एक्सको परीक्षण केन्द्रमा आयोजित कार्यक्रममा थ्रस्टर जडित कार प्रदर्शन गर्नु भएको हो । टेस्लाको एक्स खाताबाट प्रत्यक्ष प्रसारण गरिएको कार्यक्रममा कारलाई ठाडो ¥याम्पबाट उफारेर पुनः आफ्नै पाङ्ग्रामा अवतरण गराइएको थियो। प्रदर्शनपछि मस्कले ‘उड्ने कार वास्तविक हुन्’ भन्नु भएको थियो । उहाँले कारको सफलता सुनिश्चित नभए पनि यसले काम गर्ने सम्भावना रहेको बताउनु भयो । मस्कका अनुसार कारमा हावाको दबाबबाट गाडीलाई माथि धकेल्न सक्ने अत्यधिक उच्च चापयुक्त हावाको ट्याङ्की जडान गरिएको छ। टेस्ला र स्पेस एक्सको संयुक्त क्षमताको चर्चा गर्दै मस्कले विश्वको उत्कृष्ट कार निर्माता र रकेट कम्पनीबीच सहकार्य हुँदा यस्तो प्रविधिको विकास सम्भव भएको बताउनु भयो । 

 

यसैबिच,  अमेरिकी उड्डयन क्षेत्रका अग्रणी ग्लेन कर्टिसले सन् १९१७ मै उड्ने कारको पहिलो नमूना प्रस्तुत गर्नु भएको थियो । 

प्रतिकृया दिनुहोस
↑