.

सिरियामा पाइपलाइनमा भयो दुर्घटना, ग्यास विस्फोटपछि इन्धन चुहावटको समस्या 

काठमान्डौ, ३१ असोज ।     सिरियाको तेल तथा ग्यास पाइपलाइन प्रणालीमा दुई छुट्टाछुट्टै गम्भीर दुर्घटना भएका छन् ।  

 

उत्तर–पूर्वी प्रान्त हसाकाहमा ग्यास पाइपलाइन विस्फोटपछि आगलागी भएको छ । यस्तै मध्य प्रान्त होम्समा इन्धन चोरीका लागि गरिएको तोडफोडका कारण ठूलो परिमाणमा ग्यासोलिन चुहावट भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । सिरियाली सरकारी समाचार संस्था सानाका अनुसार अल–अरबिदी क्षेत्रमा रहेको अल–जबसा ग्यास निर्यात पाइपलाइनमा शक्तिशाली विस्फोट भएको हो । विस्फोटपछि पाइपलाइनको केही भागमा आगलागी भएको सिरियन पेट्रोलियम कम्पनीले जनाएको छ । 

 

यसैबीच, तटीय शहर बानियासलाई होम्ससँग जोड्ने पेट्रोलियम पाइपलाइनमा पनि क्षति पुगेको छ । पश्चिमी होम्सको हदिदा क्षेत्र नजिक पाइपलाइनमा प्वाल पारिएपछि ठूलो परिमाणमा ग्यासोलिन सडक तथा आसपासका क्षेत्रमा फैलिएको थियो । 

प्रतिकृया दिनुहोस
↑