.

भारतमा एउटा मन्दिरमा दर्शन गर्न लाइनमा बसेकामाथि ट्रक खस्यो, १३ जनाको ज्यान गयो

काठमान्डौ, १ कार्तिक ।   भारतको मध्य प्रदेशको ग्वालियरमा शीतला माता मन्दिर नजिकै धान बोकेको अनियन्त्रित ट्रकले तीर्थयात्रीहरूलाई ठक्कर दिँदा कम्तीमा १३ जनाको ज्यान गएको छ । 


अन्य ४० जना घाइते भएका छन् । घाइतेमध्ये पाँचदेखि छ जनाको अवस्था गम्भीर रहेको अधिकारीहरूले बताएका छन् । प्रहरी धर्मवीर सिंहका अनुसार आज करिब १ः३० बजे चिनोरबाट मन्दिरतर्फ आउँदै गरेको ट्रकले ठाडो ओरालोमा नियन्त्रण गुमाएको थियो । ट्रकले प्रहरीका अवरोध तोड्दै तीर्थयात्रीहरूलाई ठक्कर दिएपछि मन्दिरको बाहिरी पर्खाल र ढोकामा समेत ठोक्किएको थियो । उक्त सडकमा भारी सवारीसाधन चलाउन प्रतिबन्ध लगाइएको थियो । दुर्घटनापछि ५० भन्दा बढीलाई अस्पताल पुर्याइएको र तीमध्ये १३ जनाको मृत्यु भएको सिंहले जानकारी दिनु भएको हो । घटनामा ड्युटीमा रहेका दुई प्रहरी कर्मचारीसमेत घाइते भएका छन् । ग्वालियरकी जिल्ला अधिकारी रुचिका चौहानले उद्धारका लागि तत्काल एम्बुलेन्स र अन्य सवारीसाधन पठाइएको बताउनुभयो । 

 

दुर्घटनाको कारण पत्ता लगाउन ट्रकको प्राविधिक परीक्षण गरिने र नवरात्रका बेला राखिएका प्रहरी अवरोध तथा जाँच चौकी पार गरेर ट्रक कसरी सडकमा प्रवेश ग¥यो भन्ने विषयमा अनुसन्धान भइरहेको उहाँले जानकारी दिनुभयो । 

प्रतिकृया दिनुहोस
↑