.

अन्तिम खेलमा रोमाञ्चक जित निकाल्दै नेपाल लिग २ को टप ६ मा

काठमान्डौ, २ कार्तिक ।   विश्वकप लिग २ अन्तर्गत आफ्नो अन्तिम म्याचमा नेपालले ओमानलाई हराएको छ ।

 

यसका साथै नेपाल लिग २ को अङ्क तालिकामा टप ६ भित्र अटाउन सफल भयो । टस जितेर पहिले ब्याटिङ गरेको नेपालले २८० रनको बलियो योगफल तयार गरेको थियो । नेपालका रोहिकुमार पौडेल, दीपेन्द्रसिंह ऐरी र देव खनालले अर्धशतक प्रहार गरे । रोहितले अर्काे एउटा उत्कृष्ट इनिङ खेल्दै ८१ बलमा ८० रन जोडेका थिए । श्रृङ्खलामा यो उनको दोस्रो अर्धशतक हो । उनले एक शतक पनि हानेका छन् । दीपेन्द्रले आक्रामक इनिङ खेल्दै ६२ बलमा ६९ रन जोडे । यस्तै अर्जुन कुमालको अनुपस्थितिमा ओपनरका रूपमा आएका देव खनाल ५७ रन जोडेर आउट भएका थिए । इनिङको अन्तिममा बसिरअहमदले ७ बलमा १७ रन हानेर नेपाललाई उकासे । जवाफी ब्याटिङमा ओमानले ७ विकेट क्षतिमा २७० रनमात्र जोड्न सक्यो । एक समय केवल एक विकेट क्षतिमा १९० रन जोडेको क्यानाडा जिततर्फ अग्रसर देखिएको थियो । तर नेपाललाई स्पिनरहरूले खेलमा फर्काए । 

 

यसैबिच, ललित नारायण राजवंशीले जतिन्दर सिंह र हम्मद मिर्जाको १५८ रनको साझेदारी तोडेपछि नेपाल खेलमा फर्किएको थियो । नेपालका लागि राजवंशी र दीपेन्द्रसिंह ऐरीले २–२ विकेट लिए । कप्तान सन्दीप लामिछानेले कसिलो बलिङ गर्दै १० ओभरमा ३७ रन खर्चेर १ विकेट हात पारेका थिए ।

प्रतिकृया दिनुहोस
↑