.

नेपाल प्रिमियर लिगमा पहिलो पटक डिसिजन रिभ्यू सिस्टम डी.आर.एस. प्रविधिको प्रयोग हुने

काठमान्डौ, ३ कार्तिक ।    नेपाल प्रिमियर लिग एन.पी.एल.मा पहिलो पटक डिसिजन रिभ्यू सिस्टम डी.आर.एस. प्रविधिको प्रयोग हुने भएको छ । 

 

एन.पी.एल.को तेस्रो संस्करणमा डी.आर.एस. को प्रयोग हुने भएको हो । एन.पी.एल.को फेसबुक पेजमा आज सार्वजनिक भिडियोमा डी.आर.एस. प्रयोग हुने बारे औपचारिक जानकारी गराइएको छ । नेपाल क्रिकेट संघ क्यानका सचिव पारस खड्काले यसअघि एन.पी.एल.मा डी.आर.एस. भित्र्याउनेबारे छलफल भैरहेको जानकारी दिनुभएको थियो । डी.आर.एस. क्रिकेटमा पछिल्लो समय प्रयोग हुँदै आएको चर्चित प्रविधि हो । 

 

यससँगै नेपाली क्रिकेटमा प्रविधिको प्रयोग र खेलको निर्णय प्रक्रियालाई थप व्यवस्थित बनाउने नयाँ उपलब्धि थपिएको छ । एन.पी.एल. यही कात्तिक ९ गतेदेखि मङ्सिर ५ गतेसम्म कीर्तिपुरमा रहेको त्रि.वि. अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आयोजना हुँदैछ ।

प्रतिकृया दिनुहोस
↑