आज विजयादशमीको : उत्तम साइत बिहान १०ः२६ बजे
बुधबार, ४ कार्तिक
नेपालीको महान् पर्व बडादसैँअन्तर्गत आज विजयादशमी मनाइँदै छ । आजको दिन मान्यजनबाट टीका, जमरा र आशीर्वाद ग्रहण गरी दसैँ मनाउने परम्परा छ ।
नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्ष टीका लगाउने उत्तम साइत बिहान १० बजेर २६ मिनेट निर्धारण गरेको छ। समितिका अनुसार देवी विसर्जनको साइत बिहान ८ बजेर ४९ मिनेटमा रहेको छ ।
समितिका अध्यक्ष सहप्राध्यापक डा. पुरुषोत्तम भट्टराईका अनुसार विजयादशमीका दिन दिनभर टीका लगाउन सकिन्छ । साइतमै टीका लगाउन चाहनेका लागि भने बिहान १०ः२६ बजेको समय उत्तम मानिएको छ।

प्रतिकृया दिनुहोस