नेपाल प्रिमियर लिग एन.पी.एल.मा काठमान्डौलाई हराउँदै जनकपुरको पहिलो जीत
काठमान्डौ, १२ कार्तिक । नेपाल प्रिमियर लिग एन.पी.एल.मा काठमान्डौ गोर्खाजलाई हराउँदै जनकपुर बोल्ट्सले पहिलो जीत हासिल गरेको छ ।
आज कीर्तिपुरको त्रि.वि. अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको पहिलो खेलमा जनकपुरले काठमान्डौलाई ८ विकेटले हराएको हो । काठमान्डौले दिएको ११६ रनको लक्ष्य जनकपुरले १७ ओभर २ बलमा २ विकेट गुमाएर भेटाएको हो । जनकपुरका मोइन अलीले नटआउट ५८, सैफ हसनले नटआउट ४० रन बनाएका थिए । काठमान्डौका रिपन मण्डलले १ विकेट लिएका थिए । त्यसअघि टस जितेर ब्याटिङ गरेको काठमान्डौले १९ ओभर ३ बलमा सबै विकेट गुमाएर ११५ रन बनाएको थियो । काठमान्डौका भीम सार्कीले ३३ रन बनाएका थिए । जनकपुरका राहुल यादवले ४ विकेट लिएका थिए । जनकपुर पहिलो खेलमा कर्णाली याक्ससँग १९ रनले पराजित भएको थियो । काठमान्डौको यो पहिलो खेल हो ।
एन.पी.एल.मा आजको दोस्रो खेलमा विराटनगर किङ्ग्स र कर्णाली याक्स खेल्दैछन् । विराटनगर पहिलो खेलमा चितवन राइनोजसँग ८ रनले पराजित भएको थियो । आठ वटा टोली सहभागी तेस्रो संस्करणको एनपीएल आउँदो मङ्सिर ५ गतेसम्म हुने भएको छ ।

प्रतिकृया दिनुहोस