.

ओमानमा शुरू हुने १९ वर्षमुनिको एशिया कप क्रिकेटका लागि नेपाली टोलीको घोषणा

काठमान्डौ, १५ कार्तिक  ।     आगामी कात्तिक १९ गतेदेखि ओमानमा शुरू हुने १९ वर्षमुनिको एशिया कप क्रिकेटका लागि नेपाली टोलीको घोषणा भएको छ । 


नेपाल क्रिकेट सङ्घ क्यानले आज विपिनप्रसाद शर्माको कप्तानीमा १५ सदस्यीय टोली घोषणा गरेको हो । १९ वर्षमुनिको एशिया कपमा नेपाल समूह ‘ए’ मा रहेको छ । यो समूहमा नेपालसँगै भारत, पाकिस्तान र संयुक्त अरब इमिरेट्स रहेका छन् । यस्तै समूह ‘बी’ मा अफगानिस्तान, बङ्गलादेश, मलेशिया र श्रीलङ्का रहेका छन् । 

 

प्रतियोगिता कात्तिक २८ गतेसम्म हुनेछ । नेपालले आफ्नो पहिलो खेलमा कात्तिक २० गते भारतसँग खेल्ने तालिका रहेको छ ।

प्रतिकृया दिनुहोस
↑