नेपाल प्रिमियर लिग एन.पी.एल. मा कर्णालीलाई ४ रनले हराउँदै काठमान्डौको पहिलो जीत
काठमान्डौ, १६ कार्तिक । नेपाल प्रिमियर लिग एन.पी.एल. मा काठमान्डौ गोर्खाजले कर्णाली याक्सलाई ४ विकेटले हराएको छ ।
कर्णालीले दिएको १८१ रनको लक्ष्य काठमान्डौले १९ ओभर ४ बलमा ६ विकेट गुमाएर भेटायो । काठमान्डौका राशिद खानले ५०, कप्तान करण केसीले ४४ रन बनाएका थिए । त्यसअघि कीर्तिपुरको त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेको कर्णालीले २० ओभरमा ६ विकेट गुमाएर १८० रन बनाएको थियो ।
यस्तै एन.पी.एल.मा आजको दोस्रो खेलमा चितवन राइनोज र सुदूरपश्चिम रोयल्सले खेलेका थिए ।

प्रतिकृया दिनुहोस